शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
मनाेरञ्जन कला

वेब सिरिज ‘घर बट् इन अमेरिका’ एमएसएम भिडियोमा प्रसारण हुने, दुई पोस्टर सार्वजनिक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
वेब सिरिज ‘घर बट् इन अमेरिका’ एमएसएम भिडियोमा प्रसारण हुने, दुई पोस्टर सार्वजनिक
काठमाडौं, चैत ११ :

अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’ का दुई पोस्टर सार्वजनिक गरिएको छ ।

सिरिज निर्देशक तथा अभिनेता विमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज नेपाली ओटीटी ‘एमएसएम भिडियो’ मा प्रसारण हुने जनाएका छन् । विमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो साताबाट स्ट्रिमिङ हुनेछ । पहिलो सिजनका लागि १२ वटा शृंखला तयार भएका छन् । यी सबै शृंखला एकसाथ प्रसारणमा आउने निर्देशक अधिकारीले बताए ।

यो सिरिज व्यावसायिक रूपमा ओटीटीमा रिलिज हुने नेपालको पहिलो सिरिज रहेको निर्देशकले अधिकारीले बताए । ‘नेपाली वेब सिरिजको इतिहासमा पहिलोपटक यसरी व्यावसायिक रूपमा ओटीटीमा रिलिज हुँदै छ । यो इतिहासको एउटा नाम बन्न पाउँदा ज्यादै खुसी छु,’ अधिकारीले भने ।

सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको छ । यसअघि यसको टिजर तथा प्रचारात्मक गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको थियो । टिजर तथा गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गर्छन् । अब पहिलो सिजनको लागि ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशकले बताए ।

सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेसनसिपमा रहेकी छोरीको कथा समेटिएको छ । जसले सिचुएसनल कमेडी-ड्रामा प्रस्तुत गर्नेछ । सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई रोचक ढंगले प्रस्तुत गर्ने निर्देशक अधिकारीले बताए ।

नेपाली चलचित्रकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्दै यस सिरिजमा मुख्य भूमिका निभाएकी छन् । निर्देशक अधिकारी पनि कलाकारका रूपमा प्रमुख भूमिकामा छन् । अरुणिमा र विमलेशसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापाजस्ता कलाकारहरूले पनि सिरिजमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

निर्देशक अधिकारीकै अवधारणामा बनेको यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । निर्माता रोशन घिमिरे हुन् । सह-निर्माता सुमित्रा अधिकारी र कुमारी घिमिरे हुन् । सिरिजको सम्पादन मित्र डी गुरुङ, रङ संयोजन कपिल पराजुली, छायांकन निर्देशक विक्रान्तमान श्रेष्ठ र शान थापाले पोस्टर डिजाइन गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार