
काठमाडौँ, भदौ १० :
सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य लागू नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र तिलकप्रसाद श्रेष्ठको इजलासले शुक्रवार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
यस अघि सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने निर्णय गरेको थियो ।