मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

भूमि अध्यादेश निष्क्रिय हुन दिने, नियमित विधेयकको रुपमा पेस गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
भूमि अध्यादेश निष्क्रिय हुन दिने, नियमित विधेयकको रुपमा पेस गर्ने
काठमाडौं, चैत १३ :

सत्तारुढ  दलले सदनमा रोकिएको भूमि अध्यादेशलाई अघि नबढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको सत्ता गठबन्धनको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई निष्क्रिय हुन दिने र नियमित विधेयकको रुपमा पेस गर्ने सहमति भएको जनता समाजवादी पार्टीका प्रथम उपाध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

 'दलहरूबीच अध्यादेश अघि नबढाउने सहमति भएको छ,’उनले भने, ‘त्यसपछि नियमित विधेयकको रुपमा पेस गर्ने। पेस गर्दा शंका भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने।'

सदनमा पेस गरेको विधेयक ६० दिन पछि स्वत: निष्क्रिय हुने प्रावधान छ । गत माघ १८ गते त्यस अध्यादेशलाई सदनमा पेस गरिएको थियो । मधेसवादी दलहरुको विरोधका कारण भूमि अध्यादेशलाई होल्डमा राखेर बाँकी पाँच अध्यादेश सदनबाट पारित गरिएको थियो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेश यथास्थितिमा समर्थन गर्न नसक्ने बताएका थिए। 

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईसहित सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलका नेताहरुको उपस्थिति थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार