सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

कुलमान हटाउन ओलीले जालझेल गरे : अध्यक्ष दाहाल

‘रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न दिँदैनौं’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
कुलमान हटाउन ओलीले जालझेल गरे : अध्यक्ष दाहाल
फाइल तस्बिर।
काठमाडौं, चैत १३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुलमान घिसिङ हटाउन ओलीले जालझेल गरेको भन्दै त्यसबारे जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् ।

संसद्‌ भवनबाहिर सञ्चारकर्मीसँग बुधबार कुरा गर्दै अध्यक्ष दाहालले ओलीबाट आफू पटकपटक जालझेल र षड्यन्त्रको सिकार भएको पनि जनाए ।

‘अब प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । स्पष्टीकरण चित्तबुझ्दो भयो, तुरुन्तै हाउस चल्छ,’ उनले भने, ‘स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ ।’

सिंहदरबार गएर टीआरसीबारे टुंगो लगाएकै दिन ओलीबाट फेरि एकपटक ठुलो जालझेल भएको उनको भनाइ थियो । दाहालले टीआरसीको विषयमा सिंहदरबारमा शीर्ष नेतासहितको छलफलमा के भएको थियो भन्नेबारे विस्तृतमा जानकारी पनि गराए ।

त्यस्तै उनले आफूमाथि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लगाएको आरोपको खण्डन गर्दै टीआरसीसँग कुलमान साट्यो भन्नु झुटो, बेइमानीपूर्ण र अपराधिक प्रचार भएको दाबी गरे ।

प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहाललगायत नेता बसेर आइतबार टीआरसीमा सहमति जुटाएका थिए ।

गत असार १७ गते बिहान कांग्रेससँग सहमति गर्नुअघि ओलीले त्यसबेला प्रधानमन्त्रीको पदमा रहेका दाहाललाई ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनेर ढुक्क पारेको भन्दै पत्रकारसामु उनले कुलमान बर्खास्त प्रकरणको स्मरण गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार