काठमाडाैं, चैत १५ :

प्रहरीले तीनकुने प्रदर्शनका क्रममा कमान्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ। प्रसाईं नेतृत्वको आन्दोलन हिंसात्मक बनेपछि उनलाई कानूनी कारबाहीको दायरामा ल्याउने निष्कर्षमा प्रहरी पुगेको हो।

गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव छविलाल रिजालले पनि उनलाई कारबाही गरिने बताएका थिए।

शुक्रबार दिउँसो प्रसाईं बीएबी ४२०८ नम्बरको गाडी आफैं चलाउँदै तोकिएको तीनकुने प्रदर्शनस्थल पुगेका थिए।  उनकै नेतृत्वमा निषेधित क्षेत्र तोडिएपछि राजावादीको आन्दोलन उग्र बन्दै गएको बताइएको छ।