मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा #विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा
समाचार भिडियो

चौथो तिहार फ्लोरा एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरु

एक्स्पोमा विभिन्न किसिमका गरी ७३ वटा स्टलहरू राखिएका छन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
चौथो तिहार फ्लोरा एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरु
काठमाडौं, कात्तिक १७ :

तिहारलाई मध्य नजर गर्दै नर्सरी व्यवसायी संघ, नेपालको आयोजनामा चौथो तिहार फ्लोरा एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा सुरु मेलाको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरिन्। सो क्रममा मन्त्री चौधरीले नर्सरी क्षेत्रले उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, जलवायु परिवर्तनको असर न्यूनीकरण र गुणस्तरीय बिरुवा उपलब्ध गराएर युवा, महिला तथा रोजगारी र आयआर्जनको अवसर प्रदान गर्ने बताइन् । 

उनले बिउ–बिजन गुणस्तर नियन्त्रण केन्द्र र राष्ट्रिय प्लान्ट क्वारेन्टाइन केन्द्रमार्फत गुणस्तर नियमन गर्ने कार्य भइरहेको उल्लेख गरिन् ।  उनले भूमि प्राप्तिसम्बन्धी समस्याहरूको समाधानका लागि कानुनमार्फत विशेष गरेर ‘भूमि बैंक’को अवधारणा ल्याउने तयारी भइरहेको जानकारी समेत दिइन् ।

एक्स्पोमा ६३ वटा व्यावसायिक स्टल, ६ वटा अफिसियल स्टल र ४ वटा प्रतिस्पर्धात्मक स्टलसहित जम्मा ७३ वटा स्टलहरू रहेको आयोजकले जनाएको छ । एक्सोमा तिहारमा प्रयोग हुने फूलहरूका साथै बिरुवा, फलफूल, जडीबुटी, कृषि वनका सामग्रीहरू, कृषि प्रविधि, कृषि औजार र मलखादहरू एउटै छानामुनि महामेलाको रूपमा उपलब्ध गराइएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार