बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन#ओहोदाको प्रमाणपत्र#विदेशी नागरिक पक्राउ #मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन#ओहोदाको प्रमाणपत्र#विदेशी नागरिक पक्राउ
राजनीति भिडियो

काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न निर्मल निवासद्वारा अस्वीकार, हुलाकमार्फत पठायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न निर्मल निवासद्वारा अस्वीकार, हुलाकमार्फत पठायो
काठमाडौँ, चैत १७ :

काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र निर्मल निवासले बुझ्न अस्वीकार गरेको छ ।

जरिवाना पत्र बुझाउन आइतबार निर्मल निवासमा पुगेको महानगरको टोली गेटबाट यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

 निर्मल निवासले जरिवाना पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ । जरिवानाको पत्र बुझाउन गएको टोलीलाई भित्र जान दिएपछि गेटबाटै फर्केको महानगरको टोलीले हुलाक मार्फत पत्र पठाएको जनाइएको छ ।

निर्मल निवास सचिवालयले कार्यक्रम पूर्वराजासँग सम्बन्धित नभएकाले पत्र बझ्न अस्वीकार गरेको थियो । चैत १५ गते काठमाडौंमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सडकपेटीमा फोहोर गरेरको र भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले शनिबार विभिन्न शीर्षमा गरी पूर्वराजा शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँबराबरको जरिवाना  पत्र काटेको थियो।

प्रदर्शनको आयोजक मध्येका राप्रपा र राप्रपा नेपालले  आफूहरूले आयोजना गरेको कार्यक्रममा पूर्वराजा शाहको नाममा जरिवानापत्र काटिनु उचित नभएको बताएका आएका छन् ।

यो पनि…

पूर्वराजालाई काठमाडौं महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना, कुन शीर्षकमा कति ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार