
काठमाडौं, चैत १९ :
वीरगन्जको बालसुधार गृहमा फेरि तनाव उत्पन्न भएको छ। बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले मंगलबार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।
सुधार गृहमा खाना, बासलगायतको समस्या भएको भन्दै उनीहरुले तोडफोड गर्न खोजेको सूचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको टोलीले असन्तुष्ट बाल कैदीबन्दीहरुसँग छलफल गरी उनीहरुको माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले स्थिति समान्य भएको बताइएको छ ।
यसअघि २०८० भदौ २६ गते पनि बालसुधार गृहमा बालकैदीबन्दीहरुबीच झडप हुँदा ११ बालकैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए। बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न १२७ जना बाल कैदीबन्दीहरु छन्।