बैंकक, चैत २० :

प्रधानमन्त्री केपी ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान्  सिनावात्राबीच दुईपक्षीय भेटवार्ता भएको छ । 

प्रधानमन्त्री ओली र सिनावात्राबीच बुधबार भएको भेटवार्तामा दुई देशबीचको आपसी हित र चासोका बारेमा छलफल भएको जनाइएको छ ।

दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा दुई मुलुककाबीच आज बैंककको सरकारी भवनमा विभिन्न सम्झौता र सहमतिपत्रमा समेत हस्ताक्षर तथा आदानप्रदान भएको छ । प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै हिजो बैंकक गएका हुन् ।