मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

प्रधानमन्त्री ओली र मोदीबीच थाइल्यान्डमा भेटवार्ता हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओली र मोदीबीच थाइल्यान्डमा भेटवार्ता हुने
फाइल तस्बिर।
काठमाडौं, चैत २० :

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्यान्डमा भेटवार्ता हुने भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन गएका बखत दुई छिमेकी देशका प्रधानमन्त्रीबीच भेट हुन लागेको हो ।  उनीहरुबीच शुक्रबार साइडलाइन वार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबारको भेटमा मोदीलाई सगरमाथा संवादमा सहभागिताका लागि अनुरोध गर्ने अपेक्षा गरिएको छ । साथै ओलीको बहुप्रतिक्षित भारत भ्रमणबारे पनि कुरा उठ्न सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले न्यूयोर्कमा भेट्दा पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसबेला मोदीले चाँडै नेपाल भ्रमण गर्ने बताए पनि उनको भ्रमण पनि तय हुन सकेको छैन । मोदीले प्रधानमन्त्री ओलीलाई समेत अहिलेसम्म भ्रमणको औपचारिक निम्तो दिएका छैनन् ।  नेपालले आगामी जेठमा काठमाडौंमा सगरमाथा संवाद गर्दैछ ।

हाल थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राबीच बुधबार औपचारिक भेटवार्ता सम्पन्न भएको छ । त्यसक्रममा दुई देशका सरकार तथा निजी क्षेत्रबीच विभिन्न सम्झौता एवम् समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार