मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर #पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर
खेलकुद क्रिकेट

यु- १९ एक दिवसीय शृङ्खला : अफगानिस्तानसँग टस हारेर बलिङ गर्दै नेपाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २४ चैत, २०८१ मा प्रकाशित
यु- १९ एक दिवसीय शृङ्खला : अफगानिस्तानसँग टस हारेर बलिङ गर्दै नेपाल
काठमाडौँ, चैत २४ :

नेपाल यु- १९ र अफगानिस्तानको यु- १९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत आज दोस्रो खेलमा नेपालले टस हारेको छ ।

मुलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा अफगानिस्तानले टस जितेर  पहिले ब्याटिङ रोजेको छ । यससँगै नेपालले अब पहिला बलिङ गर्नेछ । यु- १९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरुप नेपाल र अफगानिस्तानले अभ्यास खेल्न लागेका हुन् ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो । अफगानिस्तानले तीन खेलको सिरिजमा  १- ० को अग्रता बनाएको छ । 

यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । यदि नेपाल आजको खेलमा पराजित भएमा यस सिरिजको उपाधि  अफगानिस्तानले जित्ने छ । त्यसैले पनि आज नेपाललाई जित्नैपर्ने दबाब छ ।

अर्को साता नेपालमा नै आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तान, हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार