काठमाडौं, चैत २६ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि थप कर लगाउने धम्की दिएका छन् । अब यसमा चीनको प्रतिक्रियासमेत आएको छ ।

चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको धम्कीलाई ‘अर्को ठुलो गल्ती’ भनेर व्याख्या गरेको छ ।

मन्त्रालयले अमेरिकाबाट हुने कुनै पनि धम्कीपूर्ण व्यवहारलाई कहिल्यै स्वीकार नगर्ने र ‘अन्तिमसम्म आफ्नो सम्पूर्ण शक्तिका साथ करहरूविरुद्ध लड्ने’ जनाएको छ ।

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले आफ्नो पत्रिका पिपल्स डेलीमा यस विषयमा लेख पनि प्रकाशित गरेको छ ।

ट्रम्पको नयाँ कर लगाउने चेतावनीका बाबजुद मंगलबार एसियाली सेयर बजार बढ्यो

लेखमा चीनको प्रतिक्रिया ‘उपयुक्त, कानुनी, बलियो र संयमित’ रहेको भनिएको छ । जबकि अमेरिकाको मनोवृत्तिले यो संसारमा आफ्नो शक्ति देखाउन चाहन्छ भन्ने देखाउँछ ।

उक्त लेखको शीर्षक छ- ‘दबाब र धम्कीमार्फत चीनलाई सम्हाल्नु सही तरिका होइन ।’

ट्रम्प प्रशासनको आलोचना गर्दै यस लेखमा अमेरिकाले करलाई हतियारका रूपमा प्रयोग गरिरहेको छ भने चीन अन्तर्राष्ट्रिय सहयोग र समानताको समर्थक रहेको लेखिएको छ ।
-बीबीसी