चितवन, चैत २७ :

नारायणी नदीमा बेपत्ता भएका दिदीभाइको शव फेला परेको छ। मंगलबार साँझ नारायणीमा बेपत्ता भएका उनीहरुको शव बुधबार सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको सहस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

गैडाकोट- १ का १३ वर्षीया दिक्षा सेर्पुञ्जा र ९ वर्षीय स्वप्निल सेर्पुञ्जा मंगलबार साँझ साढे पाँच बजे नारायणीमा डुबेर बेपत्ता भएका थिए। गोताखोरसको टोलीले स्वप्निल सेर्पुञ्जाको शव ३५ फिट र दिक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराइबाट निकालिएको एसपी थापाले बताए।