लमजुङ, भदौ १३ :
पहिरोले अवरुद्ध पोखरा- सिङ्दी- पसगाउँ सडक सञ्चालनमा आएको छ ।
कास्कीको मादी गाउँपालिका- ८ उगीकुना सहित लमजुङको विभिन्न स्थानमा रुँदी खोलाले कटान र पहिरो खस्दा गत साउन १२ गतेदेखि सो सडक अवरुद्ध भएको थियो
डोजरको सहायताले करिब एक हप्तामा सडक मर्मत गरेर सञ्चालनमा ल्याएको लमजुङ क्व्होलासोथर गाउँपालिका- ५ का वडाध्यक्ष गित बहादुर गुरुङले बताउनुभयो ।
पोखरा र रामबजार हुँदै बेँसीसहर जानका लागि पनि सोही बाटो प्रयोग हुने गरेको छ ।