आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं #कागेश्वरी-मनोहरा#नगर अस्पताल#ब्लड बैंक#कांग्रेसको १५औँ महाधिवेशन#पुष्पा भुसाल#उपसभापति#जितिया पर्व#बाढीपहिरो#तीन सय परिवार विस्थापित#विस्थापित#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं
समाचार

प्रदूषण नियन्त्रणका लागि विभागले अनुगमन बढाउने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
प्रदूषण नियन्त्रणका लागि विभागले अनुगमन बढाउने
फाइल तस्बिर।
काठमाडौं, वैशाख ३ :

 वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ ।

विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायुप्रदूषण उच्च हुने गरेकाले प्रदूषण न्यूनीकरणका लागि सवारीसाधन तथा उद्योगको अनुगमन बढाउने जनाएको हो ।

वायुप्रदूषणको मुख्य कारण उद्योग कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ धुलो आदि रहेको विभागको भनाइ छ ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई कडाइका साथ अनुमगन तथा नियमन गरेर प्रदूषण न्यूनीकरणका तत्कालीन योजना कार्यान्वयन गर्ने जानकारी दिए ।

‘लामो समयसम्म पानी नपर्दा एक साताअघि प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुगेको थियो । अहिले वर्षासँगै एक सय १३ एक्युआइको हाराहारीमा प्रदूषण पुगेको छ । जबकि साता  दिनअघि ३७० एक्युआइ नाघेको थियो,’ उनले भने, ‘वर्षाले प्रदूषणलाई राहत दिए पनि वर्षा रोकिएपछि प्रदूषण बढ्न सक्छ । नियन्त्रणका लागि हामी प्रदूषणको अवस्था उच्च हुँदामात्रै होइन बाह्रै महिना प्रयासरत रहनेछौँ ।’

विभागले वन डढेलो लगाउनु सार्वजनिक अपराध भएकाले उक्त कार्य नगर्न, घरायसी ठोस फोहर तथा प्लाष्टिकजन्य फोहर तथा कृषिजन्य अवशेषहरु नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलो नियन्त्रण गर्न सुझाव दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार