मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
मनाेरञ्जन कला भिडियो

वेब सिरिज ‘घर बट् इन अमेरिका’ को ट्रेलर सार्वजनिक, अमेरिकामा बस्ने नेपाली परिवारको कथा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ वैशाख, २०८२ मा प्रकाशित
वेब सिरिज ‘घर बट् इन अमेरिका’ को ट्रेलर सार्वजनिक, अमेरिकामा बस्ने नेपाली परिवारको कथा
काठमाडौं, वैशाख ४ :

नेपाली दर्शकका लागि पहिलो व्यावसायिक रूपमा ओटीटी प्लेटफर्ममार्फत रिलिज हुन लागेको वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली ओटीटी प्लेटफर्म ֹ‘एमएसएम भिडियो’ मा सार्वजनिक हुने सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा झल्काएको छ ।

सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर यही वैशाख दोस्रो साता एकैपटक १२ वटै एपिसोड स्ट्रिमिङमा आउने बताइएको छ । सम्पूर्ण छायांकन अमेरिकामै गरिएको सिचुएसनल कमेडी-ड्रामा विधामा आधारित यस सिरिजले अमेरिका पुगेका नेपाली अभिभावक र लिभ-इन रिलेसनसिपमा रहेकी छोरीबीचको सम्बन्ध र त्यहाँको जीवनशैलीलाई उजागर गर्छ ।

ट्रेलर सार्वजनिक समारोहमा सिरिजका निर्देशक तथा प्रमुख कलाकार विमलेश अधिकारीले सिरिज निर्माणको उद्देश्यबारे जानकारी दिँदै भने, ‘नेपालीहरू अमेरिकामा बस्दै गर्दा हाम्रो जीवनमा के कस्ता घटना घट्छन्, कस्तो जीवनशैली हुन्छ भन्ने कुरा पर्दामा देखाउनु आजको आवश्यकता हो भन्ने महसुस गरेर यो सिरिज बनाइएको हो ।’ उनका अनुसार सिरिजले दर्शकलाई मनोरञ्जनका साथै आत्मपहिचान र प्रवासी जीवनका यथार्थतासँग पनि जोड्नेछ ।

सिरिजमा अधिकारीसँगै अभिनेत्री अरुणिमा लम्साल पनि अभिनयमा फर्किएकी छन् । उनी झन्डै १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी हुन् । यसका अन्य प्रमुख कलाकारमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा छन् ।

रोशन घिमिरे निर्माता रहेको सिरिजमा सुमित्रा अधिकारी र कुमारी घिमिरे सह-निर्माताका रूपमा जोडिएका छन् । कथा, पटकथा र संवाद लेखन विवेक चम्लागाईंले गरेका हुन् । सम्पादन मित्र डी गुरुङ, रङ संयोजन कपिल पराजुली, छायांकन निर्देशक विक्रान्तमान श्रेष्ठ, साउन्ड डिजाइन अमित श्रेष्ठ, ब्याक ग्राउन्ड स्कोर विषम आचार्य, मेकअप आर्टिस्ट अप्सरा कटुवाल र सपना डङ्गोल, पोस्टर डिजाइन सान थापा र पोस्ट प्रोडक्सन नेपलिज हेन्डस्‌ले गरेका छन् । सहायक सम्पादनमा सुदीप पाण्डे र मिलन शाह, सहायक छायांकनमा विशालमान श्रेष्ठ र पशुपति बस्याल छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार