काठमाडौं, वैशाख ५ :

क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’ को सार्वजनिक गरिएको छ । नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यले सङ्गीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ ।

नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको म्युजिक भिडियोका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन् । एरेन्जरका रूपमा गोपाल रसाइली, कार्यकारी निर्माताका रूपमा विक्रान्तमान श्रेष्ठ छन् ।

यसको भिडियो निर्देशन विमलेश अधिकारीले गरेका छन् । अधिकारीले निर्देशन गरेको यो पाँचौँ म्युजिक भिडियो हो । भिडियोमा अभिनेत्री शनिषा भट्टराई र अभिनेता बिजु पार्कीको अभिनय छ । कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायाङ्कन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ ले सम्हालेका छन् ।