काठमाडौँ, भदौ १४ :

नेपाल प्रहरीका उच्च अधिकृतले उमेरहदका कारण गरिएको अवकाश रोक्न माग गर्दै दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ ।

नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

प्रहरी नियमावली- २०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजी ५६ वर्ष उमेर पूरा भएमा अवकाश हुने व्यवस्था रहेको छ ।

अदालतमा विचाराधीन मुद्दाहरू रहेको हुँदा दर्जागत उमेर हदका कारण गरिएको अवकाश रोक्न रिट निवेदनमा माग गरिएको छ ।