मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
विदेश

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ वैशाख, २०८२ मा प्रकाशित
रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको निधन
काठमाडौं, वैशाख ८ :

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनको आज बिहान ७:३५ बजे निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 
उनलाई एक महिना अघि मात्र अस्पतालबाट डिस्चार्ज गरिएको थियो। बिग्रँदो स्वास्थ्यको बावजुद पनि उनले अन्तिम समयसम्म आफूलाई सक्रिय नै राखे ।

भ्याटिकनको सेन्ट पिटर्स स्क्वाएरमा ईस्टर सन्डेका निम्ति उपस्थित भएको २४ घण्टा नबित्दै पोपको निधन भएको छ। उनले आइतवार ह्वीलचेअरमा सेन्ट पिटर्स बसिलिकामा उपस्थित भिडलाई अभिवादन गरेका थिए र ईस्टर पर्वको शुभकामना दिएका थिए।  सङ्क्रमणपश्चात् उनलाई दुवै फोक्सोमा निमोनिया भएको थियो। रोमन क्याथलिक चर्चको सर्वोच्च पदमा पुग्ने उनी पहिलो ल्याटिन अमेरिकी थिए ।

सन् १९३६ मा आर्जेन्टिनामा बसोबास गरेका इटलीका आप्रवासीहरूको परिवारमा उनको जन्म भएको थियो। सन् २०१३ मा पोपको पदमा उनको चयनले आश्चर्य भएको थियो। सम्बन्धविच्छेद तथा समलिङ्गी विवाहजस्ता विषयमा उनले भ्याटिकनको आवाजलाई केही नरम बनाइदिएका थिए । उनको कसरी अन्त्येष्टि गर्ने भन्ने बारेमा टुंगो लागिसकेको छैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार