सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

आतंकवादी हमलाको प्रधानमन्त्रीद्वारा निन्दा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० वैशाख, २०८२ मा प्रकाशित
आतंकवादी हमलाको प्रधानमन्त्रीद्वारा निन्दा
काठमाडौं, वैशाख १० :

प्रधानमन्त्री केपी ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गरेका छन् । ‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ ।’

आक्रमणमा एक नेपाली पनि परेको भन्ने विवरण पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अपराह्न भएको उक्त आक्रमणमा परी एकजना नेपालीसहित २६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार