मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा, मंगलबार प्रारम्भिक सुनुवाइ हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ वैशाख, २०८२ मा प्रकाशित
गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा, मंगलबार प्रारम्भिक सुनुवाइ हुने
फाइल तस्बिर।
काठमाडौं, वैशाख १४ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ। अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दायर गरेको निवेदन आइतबार दर्ता भएको हो। मुद्दाको प्रारम्भिक सुनुवाइका लागि मंगलबार पेशी तोकिएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्त गरेका ५२ पदाधिकारीको वैधानिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘डिल गरेको’ भन्ने थापाको हालैको सार्वजनिक अभिव्यक्तिलाई अदालतको अवहेलना मान्दै मुद्दा दर्ता गरिएको हो।

थापाले बिहीबार काठमाडौँमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूलाई सर्वोच्चले ‘झुलाइरहेको’ र ‘डिल गरेको’ आरोप लगाएका थिए। 

उनको भनाइमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य संवैधानिक निकायले पनि राजनीतिक लेनदेनमा संलग्न हुने गरेको आरोप थियो। ‘अख्तियार आफैंले अनुसन्धान गर्छ, आफैं दोषी पत्ता लगाउँछ, अनि आफैं निर्णय गर्न ढिलाइ गर्छ यस्तो अवस्थाले लोकतान्त्रिक संस्थामाथिको जनविश्वास घट्दै गएको छ,’ थापाले बताएका थिए।

थापाको उक्त अभिव्यक्तिलाई सर्वोच्चको मानमर्यादाविरुद्ध रहेको भन्दै तीन अधिवक्ताले अदालतको अवहेलना मुद्दा दायर गरेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार