काठमाडौं, वैशाख १८ :

सरकार र नेपाल शिक्षक महासंघबीच हिजो भएको ९ बुँदै सहमतिमा असन्तुष्टि जनाउँदै विद्यालय शिक्षक कर्मचारी परिषद्‌ले थप आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ ।

नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा  बसेको आकस्मिक बैठकले आजै साँझ आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो । 

विद्यालय ऐन जारी नभएसम्म घर नफर्कने भनेका शिक्षकहरुले असार १५ सम्ममा जारी गर्ने सरकार पक्षबाट आश्वास पाएका छन् । विद्यालय कर्मचारी परिषद्ले सरकारसँग उधारो सहमति गरेको भन्दै त्यसप्रति असन्तुष्टि पोख्दै विरोध जनाएका छन् । विद्यालय कर्मचारी परिषद्‌का अध्यक्ष गंगाराम तिवारीले  हिजो सरकारसँग भएको सहमति नमान्ने बताए ।

सरकारसँग भएको सहमतिबारे जानकारी गराउन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी रत्नराज्य माविमा भएको कार्यक्रममा पुगेका थिए ।

यो पनि…

शिक्षक आन्दोलन टुंगियो, असन्तुष्टि चुलियो