सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय #एआईजी वंशीराज दाहाल#निलम्बन#मन्त्री विराजभक्त श्रेष्ठ#संशोधित विधान पारित#कांग्रेस#भूमिहीन सुकुम्बासी#लालपुर्जा#फौजदारी मुद्दा#मिलापत्र#जहाज#अन्तर्राष्ट्रिय गन्तव्य#नेपाली कांग्रेस#१५औँ महाधिवेशन#चार प्रतिवेदन#आपूर्तिमन्त्री दीपक साह#आइसिसी विश्वकप लिग#एकदिवसीय मान्यता#मन्त्रिपरिषद्को निर्णय
विदेश

भारतद्वारा पाकिस्तानसँगको आयात-निर्यातमा पूर्ण प्रतिबन्ध

आतंकवादप्रति प्रधानमन्त्री मोदीको कडा टिप्पणी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २० वैशाख, २०८२ मा प्रकाशित
भारतद्वारा पाकिस्तानसँगको आयात-निर्यातमा पूर्ण प्रतिबन्ध
नयाँदिल्ली, वैशाख २० :

भारतले पाकिस्तानसँग हुने प्रत्यक्ष तथा अप्रत्यक्ष आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ। भारतीय सरकारले शनिबार यससम्बन्धी औपचारिक सूचना जारी गर्दै पाकिस्तानी जहाजहरूलाई भारतीय बन्दरगाह प्रवेशमा रोक लगाएको छ।

बन्दरगाह तथा जल यातायात मन्त्रालयका अनुसार अबदेखि भारतीय जहाजहरू पनि पाकिस्तानी बन्दरगाहहरूमा नगई प्रतिबन्धलाई पूर्ण कार्यान्वयन गरिनेछ।

यो निर्णयसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादलाई मानवताका लागि सबैभन्दा ठूलो खतरा भएको बताएका छन्। शनिबार हैदराबाद हाउसमा अंगोलाका राष्ट्रपति जोआओ म्यानुअल गोन्साल्भेस लोरेन्सोसँगको भेटवार्तामा प्रधानमन्त्री मोदीले आतंकवादप्रति भारतको कडा नीति स्पष्ट पारे।

यसैबीच, जम्मु-कश्मीरको पहलगामस्थित बायसरन उपत्यकामा भएको आतंकी आक्रमणसँग सम्बन्धित घटनामा प्रहरीले सार्वजनिक सुरक्षा ऐन अन्तर्गत ७५ जनालाई गिरफ्तार गरेको छ। जम्मु-कश्मीर प्रहरीका आइजी वी.के. बिरदीले भारतीय सञ्चारमाध्यम दैनिक भास्करसँग बताएका हुन् ।

देशभित्रको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै भारतका दुई प्रमुख आयुध कारखाना-मध्य प्रदेशको जबलपुर र महाराष्ट्रको चन्द्रपुरस्थित संस्थानहरूमा कार्यरत कर्मचारीहरूको सबै बिदा रद्द गरिएको छ। व्यवस्थापनले राष्ट्रिय सुरक्षा प्राथमिकता भएको जनाउँदै काममा कुनै ढिलासुस्ती नहुने निर्देशन दिएको छ।

उता, पाकिस्तानले पनि शनिबार ४५० किलोमिटरको मारक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अब्दाली’को सफल परीक्षण गरेको घोषणा गरेको छ। यद्यपि, पाकिस्तानले परीक्षण स्थलबारे जानकारी दिएको छैन।

भारत र पाकिस्तानबीच चिसिएको कूटनीतिक सम्बन्धकाबीच यी गतिविधिहरू थप चासोको विषय बनेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार