काठमाडाैं, वैशाख २१ :

जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आज शनिबारदेखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियो । गत चैत १५ गते  तीनकुनेमा भएको राजावादीको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।