
चितवन, भदौ १७ :
चितवनको मुग्लिन- नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।
आज बिहान भएको दुर्घटनामा तीन जना घाईते भएका छन् ।
भरतपुर महानगरपालिका- २९ को सिमलतालमा नारयणघाटतर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक र विपरित दिशातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको यात्रुबाहक बस एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रक चालक धादिङ बेनीघाटरोराङ्ग गाउँपालीका- ३ का २८ वर्षीय राजन क्षेत्री घाइते भएको इलाका प्रहरी मुग्लिनले जनाएको छ ।
दुर्घटनामा बारा निवासी ३० वर्षीय मन्जु रावल र ६ वर्षीय आशिष चौरसिया पनि घाइते भएको र उनिहरुलाई उपचारका लागी भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही सडक खण्डको जुगेडीमा भएको तीनवटा सवारी दुर्घटनामा भने कुनै पनि मानवीय क्षति नभएको जुगेडी प्रहरीले जनाएको छ ।