मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार अर्थतन्त्र

‘तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ वैशाख, २०८२ मा प्रकाशित
‘तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु
पर्वत, वैशाख २३ :

ऊर्जा नदीका रुपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युत्लाई एकीकृत रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ ।

कुश्मा नगरपालिका ७, खरेहादेखि मोदी गाउँपालिका २, देउपुरमा रहेको नयाँ मोदी प्रसारण लाइनको स्टेसनसम्म नयाँ प्रसारण लाइन निर्माण सुरु गरिएको हो । प्रसारण लाइनका लागि हाल जग्गा अधिग्रहण भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको कुश्मा तल्लो मोदी-नयाँ मोदी प्रसारण लाइन आयोजनाका लागि पहिलो चरणमा एक करोड रुपैयाँबराबरको जग्गा अधिग्रहण भइसकेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए ।

आयोजना प्रमुख अग्रवालका अनुसार यो प्रसारण लाइन करिब साढे आठ किलोमिटर लम्बाइको हुनेछ । तल्लो मोदीदेखि नयाँ मोदी सबस्टेसनसम्मको प्रसारण लाइन करिब सात/आठ महिनाअगाडि निर्माण भइसक्नुपर्ने थियो, जग्गा अधिग्रहणकै कारण ढिला भएको उनले बताए । सम्झौता मिति अझै बाँकी भए पनि यो काम पूरा गर्न डेढ वर्ष लाग्न सक्ने अग्रवालको भनाइ छ ।

कुश्मादेखि नयाँ मोदीसम्म प्रसारण लाइनले जोडेपछि विद्युत् व्यवस्थापनका लागि ‘रिङ लाइन’ निर्माण हुने भएको छ । ‘अहिले कुश्माबाट बुटवल हुँदै भरतपुर, दमौली, लेखनाथ, लाहाचोक हुँदै न्यु मोदीमा आएको छ । अब यो न्यु मोदी र कुश्मा जोडियो भने प्रसारण लाइनको सर्कल बन्छ,’ आयोजना प्रमुख अग्रवालले भने, ‘यो सर्कल बनेपछि कुनै एक ठाउँमा सिस्टम फेल भए पनि विद्युत् आपूर्ति दुरुस्तै रहन्छ ।’

यो प्रसारण लाइन १३२ केभी डबल सर्किट रहेको अग्रवालले जानकारी दिए । आयोजनाको काम सम्पन्न गर्न ३५ करोड रुपैयाँमा ठेक्का सम्झौता भए पनि जग्गा व्यवस्थापनसहितका अन्य काम गर्दा करिब ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

१३२ केभी प्रसारण लाइन आयोजनाको टावर फाउन्डेसन निर्माणका लागि विभिन्न २६ वटा कित्ता जग्गा अधिग्रहण गरी एक करोड पाँच लाख रुपैयाँ मुआब्जा वितरण गर्न लागिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । अधिग्रहण गरिएका जग्गाको मुआब्जा निर्धारण भएकाले रकम बुझ्न आउन जिल्ला प्रशासन कार्यालयले जग्गाधनीहरूलाई सूचना जारी गरेको छ ।

प्रसारण लाइनका टावर निर्माणका लागि पहिलो चरणमा मोदी गाउँपालिका ५, बाजुङ तथा कुश्मा नगरपालिका ३, दुर्लुङ, कुश्मा नगरपालिका ७, खरेहा तथा वडा नम्बर ८ चुवामा अधिग्रहण गरिने जग्गाको मुआब्जा दिन लागिएको हो । जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ बमोजिम मुआब्जा प्राप्त गर्नेहरुलाई मुआब्जा बुझ्नका आह्वान गरिएको प्रजिअ घिमिरेले बताए ।

पर्वतको मोदीखोलाबाट हाल चारवटा विद्युत् आयोजनामार्फत करिब ७४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । केही आयोजना निर्माण हुने चरणमा छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार