नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।
खुमलटारस्थित निवासमा गएराति बाथरुममा लडेर उनी सामान्य घाइते भएका हुन् ।
घाइते भएपछि राति नै उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो । अहिले प्रचण्ड आफ्नो निवासमै नियमित काममा रहेको उनकी छोरी गंगा दाहालले जनाएकी छन् ।
‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियिमित काममा संलग्न हुनु भएको जानकारी गराउँदछु । बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद !’ गंगा दाहालले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा मा लेखेकी छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।