मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति #सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति
विदेश

पाकिस्तानमाथिको भारतीय आक्रमणप्रति चीनको प्रतिक्रिया, हमला खेदजनक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ वैशाख, २०८२ मा प्रकाशित
पाकिस्तानमाथिको भारतीय आक्रमणप्रति चीनको प्रतिक्रिया, हमला खेदजनक
काठमाडाैं, वैशाख २४ :

भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रमा हवाई हमला गर्दै सुरु गरेको ‘अपरेशन सिन्दूर’प्रति चीनले खेद व्यक्त गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै भारत–पाकिस्तानबीच बढ्दो तनावले क्षेत्रीय स्थायित्वमा असर पुर्‍याउने खतरा रहेको बताए।

‘भारतको आज बिहानको सैन्य कारबाही खेदजनक छ,’ प्रवक्ता निङले भने, ‘चीन यो परिस्थितिप्रति गम्भीर चिन्तित छ।’

उनले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन, शान्त रहन र अवस्था थप जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गरे।

‘भारत र पाकिस्तान दुवै चीनका छिमेकी मुलुक हुन्, ‘ उनले भने, ‘ हामी दुवैलाई शान्ति र स्थायित्वको व्यापक हितका लागि सोच्न र कार्य गर्न आग्रह गर्छौं।’

चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दै आए पनि वर्तमान परिस्थितिमा शान्तिपूर्ण संवादमार्फत समाधान खोजिनुपर्नेमा जोड दिएको छ।

भारतीय सेनाले हालै पाकिस्तानको आतङ्ककारी संरचनामाथि कारबाही थालेको दाबी गरेपछि क्षेत्रीय स्तरमा कूटनीतिक सरगर्मी बढेको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार