काठमाडौं, वैशाख २४ :

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सर्वसाधारणका लागि सिंहदरबारको गेट खुला गर्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार सांसद ज्वालाले सर्वसाधारण सहज तरिकाले सिंहदरबारमा पुगेर मन्त्रालयमा गएर जनप्रतिनिधिसँग आफ्ना माग राख्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।

सिंहदरबारलाई फलामे ढोका र पर्खालले घेरेर जेलजस्तो बनाइएको उनको भनाइ छ ।