
काठमाडौं, वैशाख २५ :
भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने दुईजना सख्त घाइते भएका छन् ।
उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनाईनजिकै बिहीबार बिहान हेलिकोप्टर दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ ।
गढवाल डिभिजनल कमिस्नर विनयशंकर पाण्डेले दुर्घटनाको पुष्टि गर्दै प्रशासन र उद्धार टोली घटनास्थलमा पुगेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सेना, प्रहरी, विपद् व्यवस्थापन टोली, एम्बुलेन्स र राजस्व टोलीहरू घटनास्थल पुगेका छन् । गंगोत्री जाँदै गरेको निजी कम्पनीको हेलिकोप्टरमा सातजना यात्रारत थिए ।