काठमाडौं, वैशाख २६ :

श्रीलङ्काली वायु सेनाको हेलिकोप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटना भएको छ ।

दुर्घटनामा ६ जना सैन्य कर्मचारीको मृत्यु भएको छ । अन्य ६ जना सख्त घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको वायु सेनाका प्रवक्ता एरान्डा गिगानागेले जनाएका छन् ।

उनका अनुसार हेलिकोप्टरमा दुई पाइलटसहित १२ जना यात्रारत थिए । श्रीलंकाली वायुसेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनका क्रममा हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ ।