बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
मनाेरञ्जन

पल, रमेश र आर्यनपछि ‘महाराजधिराज’ मा वर्षाको इन्ट्री

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ वैशाख, २०८२ मा प्रकाशित
पल, रमेश र आर्यनपछि ‘महाराजधिराज’ मा वर्षाको इन्ट्री
काठमाडौं, वैशाख २६ :

चलचित्र ‘महाराजधिराज’ मा कलाकार अनुबन्ध हुने क्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले निरन्तरता दिएको छ ।

नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले अनुबन्ध गरेको छ । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको हो ।

यो लाइनअपसँगै निर्माणपक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ । स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनेको सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।

यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्त्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ । ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दै छन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।

चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगन्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्डसमेत जितेको थियो । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार