काठमाण्डौं, भदौ १७ :

डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाको राडीमा आकस्मिक अवतरण गरेको छ । 

डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसम खराबका कारण मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडी स्थित एक खेल मैदानमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्राइले जानकारी दिनुभयो । 

हेलिकोप्टरमा मुख्यमन्त्री सहित उहाँकी श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालकसहित पाँच जना रहेका बताइएको छ ।