मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति #सोविता गौतम#महावीर पुन#पूर्वप्रधानमन्त्री झलनाथ खनाल#विपद्का घटना#सेनाको हेलिकप्टरबाट उद्धार#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति
विदेश

भारत-पाकिस्तान युद्धविराम गर्न सहमत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ वैशाख, २०८२ मा प्रकाशित
भारत-पाकिस्तान युद्धविराम गर्न सहमत
वासिङ्टन, वैशाख २७ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन् , ‘अमेरिकाको मध्यस्थतामा रातभर चलेको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराम गर्न सहमत भएका छन्, यस घोषणा गर्न पाउँदा म प्रसन्न छु।’ दुवै देशले बुद्धिमत्ता देखाएको भन्दै ट्रम्पले बधाइसमेत दिएका छन्।

तर, ट्रम्पको यस दाबीप्रति भारत र पाकिस्तानले अहिलेसम्म आधिकारिक प्रतिक्रिया जनाएका छैनन्। दक्षिण एसियाका आणविक शक्ति सम्पन्न यी दुई छिमेकी देशबीच पछिल्ला चार दिनदेखि भीषण भिडन्त जारी छ। दुवै देशले अहिलेसम्म औपचारिक रूपमा युद्ध घोषणा गरेका पनि छैनन् ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस. जयशंकर, पाकिस्तानी विदेशमन्त्री तथा सेनाप्रमुखसँग छुट्टाछुट्टै संवाद गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। ट्रम्पको घोषणासँगै क्षेत्रीय तनाव केही घट्ने आशा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार