
काठमाडौं, वैशाख २८ :
भुटानलाई पराजित गर्दै बंगलादेश साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
गोल्डेन जुब्ली स्टेडियममा आइतबार सम्पन्न समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा बंगलादेशले ३-० को सानदार जित हात पारेको हो। बंगलादेशलाई जित दिलाउन मोहम्मद मुर्सेद अली, श्री सुमोन सोरन र नजमुल हुडाले गोल गरे।
जितसँगै बंगलादेशको चार अंक पुगेको छ। अब यो समूहबाट सेमिफाइनल पुग्न भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।