काठमाडौँ, भदौ १८ :

सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर रहेको छ भने युरो र बेलायती पाउण्डको विनिमय दर पनि घटेको छ ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३३. ८९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४. ४९ रुपैयाँ रहेको छ । 

त्यस्तै आज युरोपियन युरो एकको खरिद दर १४७. ९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४८. ५८ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५. ८० रुपैयाँ रहेको छ भने बिक्री दर १७६. ५९ रुपैयाँ रहेको छ । 

अस्ट्रेलियन डलर एकको खरिद दर ९०. ५७ रुपैयाँ रहेको छ भने बिक्री दर ९०. ९८ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५. ६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५. ८४ रुपैयाँ रहेको छ ।

 मलेसियन रिङ्गिट एकको खरिद दर ३०. ९९ रुपैयाँ रहेको छ भने बिक्री दर ३१. १३ रुपैयाँ रहेको राष्ट्र बैङ्कले जनाएको छ ।