काठमाडौँ, भदौ १८ :

सङ्घीय संसद् अन्तर्गत आज दुई वटा संसदीय समितिका बैठक बस्दै छन् ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो ३ बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्दै छ ।

आजको बैठकमा समितिको वार्षिक कार्ययोजनाका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्य तथा नेपाल सरकारका मुख्यसचिवसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।