काठमाडौं, जेठ १ :

प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन गरिएको छ। बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सो सम्बन्धी सूचना संसद्‍मा प्रस्तुत गरे।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उक्त सूचना संसद् सचिवालयमा पुगेपछि सभामुख घिमिरेले बैठकमा औपचारिक रूपमा जानकारी गराएका हुन्।

भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएमा उनीहरू स्वचालित रूपमा निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। सोही आधारमा बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो।

र यो पनि…

प्रतिनिधिसभामा निलम्बित हुने सांसदको संख्या ४ पुग्यो, एक जनाले पाए सफाइ

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर