
काठमाडौं – , भदौ १८ :
अर्थ मन्त्रालयले दुग्ध विकास संस्थान (डिडीसी)लाई ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति दिएको छ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सो प्रस्तावलाई अर्थले सहमति दिएको हो ।
दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्ने जनाएको छ।
दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसानहरूले आन्दोलन गर्दै आएका छन ।
किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।