मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार राजनीति

रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न सर्वोच्चको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ जेठ, २०८२ मा प्रकाशित
रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं, जेठ २ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्न आदेश दिएको हो । योसँगै मिश्र ५० दिनपछि प्रहरीको नियन्त्रणबाट रिहा भएका छन् ।

पछि मुद्दा चल्ने अवस्था आए वा थप प्रमाण बुझ्नुपर्ने भएमा बोलाउनेगरी कानुन व्यवसायीको जिम्मा लगाउने गरी मिश्रलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।

त्यसअघि बुधबार सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले मिश्रलाई पक्राउ गर्नको कारण देखाऊ र बन्दी उपस्थित गराउने आदेश गरेको थियो ।

गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक मंगलबार थप ५ दिन म्याद थप गरिएको थियो । राजावादीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको जनाएको छ ।

उक्त प्रदर्शनमा दुईजनाले ज्यान गुमाएका थिए भने करोडौंको सम्पत्तिमा क्षति पुगेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार