
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१- ८२ को पहिलो डेढ महिनाको अवधिमा ४४ लाख ६९ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
पूर्व- पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ गरेसँगै अघिल्लो आर्थिक वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढीले राजस्व सङ्कलनमा वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको २०८१- ८२ को पहिलो महिना साउनमा सवारी साधनमाथि गरिएको कारबाहीबाट ३० लाख ८७ हजार पाँच सय एक र भदौ १५ गतेसम्म सवारी साधनलाई गरिएको कारबाहीबाट १३ लाख ८२ हजार गरी ४४ लाख ६९ हजार पाँच सय एक सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।
कार्यालयले अघिल्लो आर्थिक वर्षको पहिलो महिना साउनमा एक हजार सात १७ सवारी साधनलाई कारबाही गर्दा १२ लाख १२ हजार मात्रै राजस्व सङ्कलन गरेको थियो ।।
विभिन्न सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेपछि मकवानपुरमा सवारी दुर्घटनामा समेत कमी आएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।