
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई माओवादीसँग सहकार्य गर्न आग्रह गरेका छन्।
शनिबार साँफेबगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रावलसँग फोनमा कुरा भएको उल्लेख गर्दै भने, ‘तपाईं किन भौतारिएर हुनुहुन्छ, आउनुस्, बसेर कुरा गरौँ, सहकार्य गरौँ।’ उनले थपे, ‘जोसँग कुरा गर्नुपर्ने हो, त्योसँग नगरेर अरूसँग कुरा गर्दै समय खेर फाल्नु हुँदैन।’
प्रचण्डले माओवादी बलियो भए समग्र राष्ट्र बलियो हुने बताएर २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन अपिल पनि गरे। प्रचण्डले पार्टीमा गुटगत विवाद र वैचारिक मतभेदलाई थाती राख्दै रावललाई सहकार्यको ढोका खुला राखेको देखिन्छ।
प्रचण्डको यो आग्रहप्रति रावलले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैन् । उनलाई एकीकृत समाजवादी पनि यसअघि नै बोलाएको थियो । तर उनी गएका छैन । उनी अहिलेका कम्युनिस्ट भनिएका कुनै पार्टीमा जान्छन या अरु कुनै पार्टीमा जान्छन् त्यसको कुनै टुंगो छैन ।