
बागमती, भदौ १९ :
हेटौँडा उपमहानगरपालिका- ११ नवलपुरकी २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
हेटौँडा- १० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा- ४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो ।
खाँलाई हेटौँडा- ५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।