शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार राजनीति

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मङ्गलबार

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन मङ्गलबार

काठमाडौँ, १३ साउन : सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिको निर्वाचन आगामी मङ्गलबार हुने भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम १ बमोजिम उक्त समितिको सभापतिको निर्वाचनका लागि यही साउन १५ गते समय तय गरिएको हो । 
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको आसनमा रहनुभएका उपसभामुख इन्दिरा रानाले सभापति पदको निर्वाचनसम्बन्धी जानकारी दिनुहुँदै निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न प्रतिनिधिसभाका महासचिवलाई निर्देशन दिनुभयो । 
यसअघि समितिको सभापति रहनुभएकी डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बन्नुभएपछि नयाँ सभापति चयन गर्न लागिएको हो । प्रतिनिधिसभाको आजको बैठकले सांसद उपेन्द्र यादवलाई अर्थ समिति, भानुभक्त जोशी र दीपक कार्कीलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र धनबहादुर बुढालाई महिला तथा सामाजिक मामिला समितिको सदस्यमा चयन गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार