शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

अख्तियारले नियन्त्रणमा लिएका सहसचिव भट्टराई हाजिरी जमानीमा छुटे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
अख्तियारले नियन्त्रणमा लिएका सहसचिव भट्टराई हाजिरी जमानीमा छुटे
काठमाडाैं, जेठ ७ :

भिजिट भिसाको आवरणमा मानव तस्करको सेटिङमा संलग्न भएको आशंकामा अख्तियारले नियन्त्रणमा लिइएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई हाजिरी जमानीमा छुटेका छन्।

उनलाई बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्यालयबाट अख्तियारले नियन्त्रणमा लिएको थियो। त्यसपछि राति कागज गराएर बोलाएको समयमा उपस्थित हुने सर्तमा छाडिएको हो। अख्तियारले उनलाई बिहीबार फेरि उपस्थित हुन भनेको छ।

भट्टराई विमानस्थल अध्यागमन कार्यालयका प्रमुख थिए। मंगलबार राति गृह मन्त्रालयले उनलाई हटाएर पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई नयाँ अध्यागमन प्रमुख बनाएको थियो।

विमानस्थल अध्यागमनका प्रमुख भट्टराई मानव तस्करी प्रकरणमा पक्राउ

भिजिट भिसामा विदेश जानेहरूबाट पैसा उठाएर ‘माथिसम्म’ पुर्‍याएको उजुरीका आधारमा अख्तियारले केही समयअघिदेखि अनुसन्धान गरिरहेको थियो।

भट्टराईसँगै सीआईटी कलेजकी कविता पौडेल, भक्तपुरका खगेन्द्र सुवेदी र ग्रिनलाइन होलिडेज ट्राभल एजेन्सीका सञ्चालक बालकृष्ण खड्काका मोबाइल, ल्यापटप र कागजात पनि अख्तियारले नियन्त्रणमा लिएको छ। अख्तियारले अनुसन्धान जारी रहेको बताउँदै विस्तृत विवरण दिन अस्वीकार गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार