
काठमाडौँ, भदौ १९ :
राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ः १५ बजे बस्ने बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९- ८० को चौथो वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।