इलाम, भदौ १९ :

इलामको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । 

एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन् । 

सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो (गोल्डेन) जातको  किबी फलाउन थालेको बताउनुभयो । यसलाई जिल्ला कृषि विकास कार्यालयले पनि अहिलेसम्मकै अब्बल जातको किबी मानेको छ ।

नयाँ प्रविधिको प्रयोग गरी खेती गर्दा बेमौसममा पनि उत्पादन लिएर प्रशस्त आम्दानी गर्न सकिने उहाँले बताउनुभयो। 

सुरुमा जुन जातको किबी रोपे पनि पछि विभिन्न प्रजातिको आफैँले निर्माण गर्न सकिने ठाकुरले बताउनुभयो । 

यतिबेला इलामका अधिकांश किसानको बगैँचामा रेड किबी उत्पादन सुरु भएको छ । 

इलाममा व्यावसायिक रुपमा रेड किबी खेती हुने गरेको कृषि विकास कार्यालय इलामका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत जीवनठाडा मगरले बताउनुभयो ।

रेड किबी साउन- भदौमा उत्पादन हुने भएकाले चाडपर्वमा किसानले उचित मूल्य पाउने उहाँको भनाई छ ।