काभ्रे, जेठ ११ :

सूर्यविनायक-साँगा खण्डमा सुक्खा पहिलो खस्दा आज एकजना मजदुर घाइते भएका छन्। सूयविनायक नगरपालिका-१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन्।

बर्दियाको वारबर्दिया नगरपालिका-५ घर भई हाल सूर्यविनायक-९ पलासेँ बस्दै आएका ५२ वर्षीय तुलारा थारू घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ।