काठमाडौं, जेठ ११ :

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ८.५७ अंकले घटेको छ । योसँगै  नेप्से २,६७९.९८ अंकमा झरेको छ ।

यसैगरी ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स १.४६ अंकले घटेर ४५६.४६ अंकमा झरेको छ ।

नेप्सेमा आइतबार ३१४ कम्पनीका ७० हजार ६ सय १० पटकको कारोबारमा एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम सात अर्ब ६० करोड ९५ लाख ४२ हजार दुई सय १२ रुपैयाँ पुग्यो ।

आइतबार १३ समूहको सेयर कारोबार हुँदा लघुवित्त र व्यापारबाहेक सबै समूह राताम्मे रहे ।

जसमध्ये लघुवित्त समूहको सूचक ११२.९९ अंकले बढेर ४,९७४.४२ अंकमा पुगेको छ । यसैगरी व्यापार समूहको सूचक ५.५९ अंकले बढेर ४,३०८.४५ अंकमा पुगेको छ । बाँकी सबै समूहका सूचक घटेर राताम्मे भएका छन् ।

नेप्सेमा आइतबार बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड परेको छ । जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा सिन्धु विकास बैंक परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा राधी जलविद्युत् कम्पनी परेको छ । राधीको अन्तिम कारोबार मूल्य ७९० रुपैयाँ कायम रह्यो ।