सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति भिडियो

एमालेले गणतन्त्रविरोधी गतिविधिको प्रतिवाद गर्ने

जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाइने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ जेठ, २०८२ मा प्रकाशित
एमालेले गणतन्त्रविरोधी गतिविधिको प्रतिवाद गर्ने
काठमाडौं, जेठ ११ :

नेकपा एमालेले गणतन्त्रविरोधी कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गर्दै आगामी जेठ १५ गते गणतन्त्र दिवस देशव्यापी रूपमा भव्य रूपमा मनाउने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि महासचिव शंकर पोखरेलले गणतन्त्र जनताको अधिकारको रूपमा स्थापित भएकाले यसको रक्षा र सुदृढीकरण एमालेको प्रतिबद्धता रहेको बताए।

‘जनताको विरुद्धमा हुने कुनै पनि गतिविधि एमालेका लागि स्वीकार्य हुँदैन,’ पोखरेलले भने, ‘गणतन्त्रलाई उत्सवका रूपमा मनाउन आम जनसमुदायलाई सहभागी हुन आह्वान गर्ने निर्णय गरेका छौं।’

राजावादी समूहले पनि सोही दिन प्रदर्शन गर्ने तयारी गरेका सन्दर्भमा एमालेले गणतन्त्रविरोधी गतिविधिको प्रतिवाद गर्ने निर्णय समेत गरेको छ।

पार्टीले देशभरका पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्नेछ भने काठमाडौं उपत्यकामा सांस्कृतिक झाँकीसहित उत्सव मनाइनेछ। उक्त कार्यक्रमको संयोजन नेपाल जनसांस्कृतिक महासंघले गर्नेछ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, पार्टी संगठनलाई गणतन्त्र दिवसलाई भव्य र सशक्त रूपमा मनाउन निर्देशन दिइएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार